नेभिगेशन
समाचार

सुन्दरीजलमा बाढीले फसेका पाँच जना सकुशल उद्धार

नजिकको खोलामा बाढीले फसेका पाँच जनालाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

आज बिहान करिब २:३० बजे एकासी खोलाको बहाव अचानक बढेपछि खोलाको बिचमा ४ जना भारतीय नागरिक र १ जना नेपाली फसेका थिए।

सूचना प्राप्त लगत्तै श्री चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरेको हो।

नेपाली सेनाका अनुसार उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ र उनीहरूलाई आवश्यक प्राथमिक सहयोग उपलब्ध गराइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update