नेभिगेशन
समाचार

एम्बुलेन्सभित्रै बलात्कार

बिहारको गया जिल्लामा होमगार्ड भर्ती प्रक्रियाका क्रममा एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ। दौड परीक्षणमा सहभागी एक महिला उम्मेदवारमाथि अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सभित्रै बलात्कार भएको आरोप लागेको छ।

गयाका सहर प्रहरी सुपरिटेन्डेन्ट (एसपी) रामानन्द कुमार कौशलका अनुसार घटना बोधगया स्थित बिहार मिलिट्री पुलिस (BMP)–१७ को परिसरमा भएको हो। सो ठाउँमा होमगार्ड भर्ती अन्तर्गत दौड परीक्षण भइरहेको थियो। परीक्षणको क्रममा एक महिला उम्मेदवार बेहोस भएपछि उनलाई एम्बुलेन्समा राखी अस्पतालतर्फ पठाइएको थियो।

एसपी कौशलले भने, “महिला उम्मेदवारलाई तत्काल उपचारका लागि अस्पताल पठाइयो। तर दिउँसो करिब २:३० बजे ती महिलाले अस्पतालमा पुगेर एम्बुलेन्समै बलात्कार र दुर्व्यवहार भएको गम्भीर आरोप लगाइन्।”

महिलाको उजुरीको आधारमा प्रहरी प्रशासनले तत्काल एम्बुलेन्सका चालक र प्राविधिकलाई नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

यस घटनाले सुरक्षा निकायमा महिला सहभागिता र सुरक्षाको प्रश्न पुनः उठाएको छ। पीडित महिलाको स्वास्थ्य परीक्षण गरिँदैछ भने दोषीमाथि कडा कारबाही हुने आश्वासन प्रहरीले दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update