नेभिगेशन
समाचार

बर्दियाको बाँसगढी नगरपालिका लालिगुराँस मा.वि. माछागढमा ६३ कमैया मुक्त बालबालिकालाई शैक्षिक सामग्री वितरण

बाँसगढी नगरपालिका–९ स्थित लालिगुराँस माध्यमिक विद्यालय, माछागढमा कमैया मुक्त समाजका ६३ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। KMJS र ActionAid नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा बालबालिकालाई स्कुले पोशाक, जुत्ता, मोजा, झोला, कापी र कलम वितरण गरियो।

कार्यक्रमको अध्यक्षता कमैया मुक्त समाजका अध्यक्ष कृष्णा थारुले गर्नुभयो। प्रमुख अतिथि उप–मेयर, विशेष अतिथि वडा नं. ९ का अध्यक्ष चन्द्रबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश पौडेल, विद्यालयका प्रधानाध्यापक तथा बाँसगढी कमैया समाजका अध्यक्ष अस्तुर्नि थारुसहित अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले यस्तो सहयोगले कमैया मुक्त बालबालिकाको शिक्षामा पहुँच बढाउने, आत्मविश्वास जगाउने र उज्जवल भविष्य निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

शिक्षा नै दीगो विकासको आधार भएको उल्लेख गर्दै वक्ताहरूले यस्ता सकारात्मक प्रयासको निरन्तरताको अपेक्षा व्यक्त गरे। सामग्री पाएको बालबालिकाको अनुहारमा देखिएको खुसी र अभिभावकको कृतज्ञताले कार्यक्रमको प्रभाव देखाएको थियो। 

पछिल्लो समयमा यस विद्यालयमा यस्ता कार्यक्रम हुदै आएका छन्। विध्यालयको गुणस्तरिय शिक्षाको लागि राम्रो कामको सुरुवात भएको देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update