नेभिगेशन
समाचार

मानव तस्करी तथा ठगीको अभियोगमा काँग्रेसका नेता खनाल पक्राउ

मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली काँग्रेसका नेता ताराप्रसाद खनाल पक्राउ परेका छन् ।

खनाल अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट २ करोड ७० लाखको चेकसमेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update