नेभिगेशन
समाचार

नेपालगञ्जमा युवतीको हत्या, आरोपी प्रेमी प्रहरीमा उपस्थित भएपछि खुल्यो घटना

बाँकेको नेपालगञ्जमा एक युवतीको हत्या भएको छ।

दैलेख घर भइ नेपालगञ्ज–१२, विपी चोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसको रूपमा काम गर्दै आएकी २२ वर्षीया निर्मला थापाको हत्या भएको हो। उनको नेपालगञ्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत बर्दिया घर भएका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरेका हुन्।

प्रहरीका अनुसार बुधबार राति बेलासपुरस्थित डेरामा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरिएको थियो। हत्या गरेपछि प्रकाशले निर्मलाकी बहिनीलाई फोन गरी, "तिम्री दिदीलाई मैले मारे," भन्दै जानकारी दिएका थिए। त्यसपछि उनले आफन्त तथा साथीहरूलाई भेट्दै "अब यति हो है, भेटघाट" भनेका थिए।

सोही राति करिब २ बजे प्रकाश आफैं जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर आत्मसमर्पण गरेका थिए। त्यसपछि प्रहरीले घटनास्थल पुगेको र डेरामा निर्मलाको शव भेटिएको जनाएको छ।

मृतक निर्मलाको परिवार दैलेखबाट नेपालगञ्ज आइपुगेपछि मात्र शवको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ।

प्रकाश सुनार विवाहित हुन्। उनका एक छोरा र एक छोरी छन् र उनीहरू बर्दियामै श्रीमतीसँग बस्दै आएका छन्। परिवारका अनुसार प्रकाश र निर्मला विगत तीन वर्षदेखि बेलासपुरमा सँगै बस्दै आएका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update