नेभिगेशन
समाचार

हुम्लामा सडक खन्ने क्रममा स्काभेटर पुरियो

कर्णाली करिडोर अन्तर्गत थलहाल्नामा सडक खन्ने क्रममा एक स्काभेटर पुरिएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बिहीबार दिउँसो करिब ३ बजे थलहाल्ना क्षेत्रमा सडक निर्माणका लागि खनाइ भइरहेका बेला स्काभेटर पुरिएको हो।

घटनापछि स्काभेटर निकाल्ने प्रयास जारी रहेको र उद्दारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकबहादुर पोखरेलले जानकारी दिए।

सडक निर्माणको काममा खटिएको स्काभेटर कसरी पुरियो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update