नेभिगेशन
समाचार

भेरी नदीमा खसेका टिपर चालकको शव सुर्खेतमा फेला, दुई जना अझै बेपत्ता

रूकुम पश्चिमको भेरी नदीमा टिपरसहित खसेका तीन जनामध्ये एक जनाको शव सुर्खेतमा फेला परेको छ। टिपर चालक मनिराम चौधरीको शव शुक्रबार दिउँसो सुर्खेतको भेरीगंगा नगरपालिका–२ स्थित भेरी नदीमा फेला परेको हो।

चौधरीको स्थायी ठेगाना दाङ भए पनि कुन स्थान हो भन्ने खुल्न सकेको छैन। रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी प्रमेश बिष्टका अनुसार शव घटनास्थलभन्दा झन्डै ६० किलोमिटर टाढा फेला परेको हो।

साउन ६ गते बेलुकी आठबीसकोट नगरपालिका–१४ पिपलचौरस्थित भेरी नदीमा रा १ क १५०१ नम्बरको टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका थिए। जाजरकोटको नलगाड नगरपालिका–११ चिसापानीबाट छेपारेतर्फ जाँदै गरेको टिपर भेरी नदीमा खसेको हो।

दुर्घटनामा रूकुम पश्चिम सानीभेरी गाउँपालिका–३ का धनवीर बराइली र रूकुम पूर्व सिस्ने गाउँपालिका–८ का हरि विक अझै बेपत्ता छन्। टिपर भने दुर्घटनास्थलभन्दा करिब ५ सय मिटर दक्षिणमा बुधबार बेलुकी फेला परेको थियो।

भेरी नदीमा पानीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। रूकुम पश्चिम र जाजरकोट प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update