नेभिगेशन
समाचार

विद्युत करेन्ट लाग्दा सुर्खेतमा श्रीमान,श्रीमतीको निधन

वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।

बिहीबार बिहान घरमै घाँस टुक्र्याउने विद्युतीय मेशीन प्रयोग गर्दै गर्दा करेन्ट लागेर ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया पत्नी धनकुमारी उपाध्यायको ज्यान गएको हो।

घटनापछि गम्भीर घाइते अवस्थामा दुवै जनालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत ल्याइएको थियो। तर, उपचारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार घाँस टुक्र्याउने क्रममा मेशीनमा करेन्ट प्रवाह भएको र त्यही क्रममा उनीहरू दुर्घटनामा परेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update