नेभिगेशन
समाचार

सर्पदंशले ज्यान गएपछि कृष्णपुरमा छाउगोठ भत्काउने अभियान तीव्र

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा छाउपडी प्रथाविरुद्धको अभियानलाई तीव्र बनाइएको छ। महिनावारीका बेला छाउगोठमा बस्दै आएकी २८ वर्षीया कमला दमाईं (आउजी)को सर्पदंशबाट मृत्यु भएपछि यो अभियान सुरु गरिएको हो।

वडाका निगाली र दोमिल्लाको श्रीपुर टोलमा रहेका छाउगोठहरु भत्काउने कार्य अघि बढाइएको वडा अध्यक्ष मोहन बस्नेतले जानकारी दिए। उनका अनुसार हालसम्म १५ वटा छाउगोठ भत्काइएको छ। छाउगोठ भत्काउन विशेष समिति गठन गरेर समुदायस्तरमै परिचालन गरिएको उनले बताए।

"समितिले महिनावारीप्रतिको सामाजिक चेतना फैलाउने काम पनि गरिरहेको छ," वडाध्यक्ष बस्नेतले भने, "स्थानीयबासी आफैँ पनि स्वतःस्फूर्त रूपमा अभियानमा सहभागी भइरहेका छन्।"

छाउगोठ नहटाउने वा अटेरी गर्नेहरूमाथि भने प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै वडाध्यक्ष बस्नेतले अन्य पहरीया क्षेत्रहरूमा पनि अभियान सुरु गरिने जानकारी दिए।

महिनावारीलाई अशुद्ध मान्ने र महिलालाई एक्लै गोठमा बस्न बाध्य पार्ने छाउपडी प्रथाका कारण पछिल्ला वर्षमा धेरै महिला हिंसा, स्वास्थ्य समस्या र ज्यान गुमाउने घटनाहरू घट्दै आएका छन्। सरकारी नीति तथा स्थानीय तहको सक्रियतामा केही क्षेत्रहरूमा छाउगोठ भत्काउने अभियान सफल देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update