नेभिगेशन
समाचार

प्रधानमन्त्रीको सहभागीतामा यसरी मनाइयो सहिद दिवस

प्रजातन्त्र स्थापना, पुनर्स्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।

sahid-divas-(6)-ink-1738131372-1738133067.jpeg
 

प्रजातन्त्र स्थापना, पुनर्स्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।

लैनचौरस्थित सहिद स्मारक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका अरू उच्च पदस्थहरूले सहिदहरूप्रति सम्मान र श्रद्धाभाव प्रकट गरेका छन्।

त्यसअघि बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको थियो।

सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो।

त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ। शहीदगेटमा पनि विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update