नेभिगेशन
समाचार

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी सुरु, मिति चाँडै सार्वजनिक हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी अघि बढाएको छ। मन्त्रालयले भ्रमणका सम्भावित मिति, कार्यतालिका र छलफलका विषयमा गृहकार्य गरिरहेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, प्रधानमन्त्रीको भारत भ्रमण अब निश्चित भइसकेको छ। “भ्रमण हुने तय भएको छ। तयारीका लागि मन्त्रालयले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ,” उनले बताए। भ्रमणको मिति र कार्यक्रम उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ।

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पनि भ्रमणका सन्दर्भमा काठमाडौं र दिल्लीस्थित दुवै देशका राजदूतावासबीच समन्वय भइरहेको जानकारी दिए। “नेपाल–भारत सम्बन्ध अझ प्रगाढ बनाउने लक्ष्यका साथ भ्रमणको तयारी भइरहेको छ,” उनले भने।

प्रधानमन्त्री ओलीले यसअघि अमेरिका भ्रमणबाट आफ्नो विदेश यात्रा आरम्भ गरेका थिए। उनले २०८१ असोज ४ देखि १३ गतेसम्म संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए।

भारत भ्रमणको तयारी पहिले नै सुरु भए पनि क्षेत्रीय तनाव, पहलगाम हमला लगायतका घटनाले ढिलाइ भएको थियो। यद्यपि, प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरूका अवसरमा साइडलाइन भेटघाट हुँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update