नेभिगेशन
समाचार

सुर्खेतमा अटो दुर्घटना: जाजरकोटका युवा नेता इन्द्रजीत शाही घाइते

बिरेन्द्रनगर नगरपालिका अन्तर्गत धमला चोक नजिकै आइतबार बेलुका करिब ८ बजे अटो अनियन्त्रित भई पल्टिँदा जाजरकोटका एक युवा नेता तथा समाजसेवी सामान्य घाइते भएका छन्।

दुर्घटनामा जाजरकोटको कुसे गाउँपालिका–४ का समाजसेवी तथा युवा नेता इन्द्रजीत शाही सवार अटो पल्टिँदा उनको शरीरका केही भागमा सामान्य चोटपटक लागेको हो। प्रत्यक्षदर्शीका अनुसार अटो यात्रुले झुक्याएको कारण दुर्घटना भएको बताइएको छ।

घटनाका क्रममा अटोमा सवार अन्य तीन यात्रु सकुशल रहेको उनका भाइले जानकारी दिएका छन्। उनका अनुसार अहिले उनको अस्पतालमा  उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको छ। आफन्त तथा शुभचिन्तकहरूलाई अत्यधिक चिन्ता नलिन आग्रह गरेका छन।
सामाजिक कार्यमा सक्रिय रहँदै आएका युवा नेता इन्द्रजीत शाहीको जिम्मेवार न्युज परिवारबाट शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौं।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update