नेभिगेशन
समाचार

रुसमा शक्तिशाली भूकम्प: ७.४ म्याग्निच्युडको धक्का, सुनामी चेतावनी

रुसको प्रशान्त महासागरीय तटवर्ती क्षेत्रमा आइतबार दुई पटक शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागका अनुसार पहिलो भूकम्पको तीव्रता ६.७ म्याग्निच्युड र दोस्रो, अझ शक्तिशाली भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको हो।

दोस्रो भूकम्प समुद्रको सतहबाट २० किलोमिटर गहिराइमा केन्द्रित थियो भने पेट्रोपाभ्लोभस्क–कामचाट्स्की शहरबाट १४४ किलोमिटर पूर्वमा केन्द्रविन्दु रहेको जनाइएको छ। यो शहरमा करिब १.८ लाख मानिसको बसोबास छ।

भूकम्पपछि प्रशान्त सुनामी चेतावनी केन्द्रले कामचट्का प्रायद्वीपका लागि सुनामीको चेतावनी जारी गरेको छ। लगातार दुईपटक भूचाल गएपछि स्थानीय बासिन्दामा त्रासको वातावरण छाएको छ। प्रारम्भिक विवरणअनुसार मानवीय क्षति या ठूलो क्षतिको विवरण आइसकेको छैन।

रुसका आपत्कालीन सेवाहरूले संभावित जोखिमको मूल्यांकन गरिरहेको र जनतालाई सतर्क रहन आग्रह गरिएको छ। अधिकारीहरूले नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न, समुद्री किनार क्षेत्रबाट टाढा रहन तथा आधिकारिक सूचना पालना गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update