नेभिगेशन
समाचार

सुर्खेतमा लागुऔषध र चाइनिज पेस्तोलसहित दुई युवा पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट चाइनिज पेस्तोल, गोली, लागुऔषध र वन्यजन्तु ओखेटोपहारसहित दुई जना युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ निवासी २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे छन्।

बिहीबार राति कृष्ण मन्दिर नजिक ठूलो मात्रामा लागुऔषध र हातहतियार रहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। छानबिनका क्रममा उनीहरूको कोठाबाट एक थान स्वचालित चाइनिज पेस्तोल, त्यसमा प्रयोग हुने २ थान म्यागजिन, १२ राउण्ड गोली, ४ थान खुकुरी, २ थान चक्कु, १ थान बञ्चरो, १ थान नाईनस्टिक, १ थान कैंची लगायतका हातहतियार बरामद गरिएको हो।

यस्तै, लागूऔषध ट्रामाडोलजस्तो देखिने ९० पत्ता, स्पास्मो ट्रामाडोलजस्तो १६ पत्ता, नाइट्राजेपामजस्तो ४० पत्ता गरी जम्मा १४६ पत्ता लागूऔषध पनि फेला परेको प्रहरीले जनाएको छ। साथै, उनीहरूको साथबाट प्रतिबन्धित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने ओखेटोपहार समेत बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधिरराज शाहीका अनुसार विधान शाही यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भइसकेका व्यक्ति हुन्। लागुऔषध कारोबारका क्रममा उनीहरूले व्यक्तिगत सुरक्षाका लागि पेस्तोल र अन्य हतियार बोकेका हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

पक्राउ परेका दुबै जनाविरुद्ध हातहतियार, लागुऔषध तथा वन्यजन्तु ओखेटोपहारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।
प्रहरीले घटनालाई संगठित आपराधिक गिरोहको संलग्नतासँग समेत जोडेर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update