नेभिगेशन
समाचार

भारतको दिल्ली विधान सभा चुनावका लागि मतदान सुरु

दिल्लीका ७० विधानसभा सिटका लागि मतदान भइरहेको हो। राज्य विधानसभा चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।

दिल्लीका ७० विधानसभा सिटका लागि मतदान भइरहेको हो।

राज्य विधानसभा चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।

यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्। दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ।

आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो।

२०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update