नेभिगेशन
समाचार

भारतको दिल्ली विधान सभा चुनावका लागि मतदान सुरु

दिल्लीका ७० विधानसभा सिटका लागि मतदान भइरहेको हो। राज्य विधानसभा चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।

दिल्लीका ७० विधानसभा सिटका लागि मतदान भइरहेको हो।

राज्य विधानसभा चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्। मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।

यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्। दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ।

आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो।

२०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update