नेभिगेशन
समाचार

बाँसगढी नगरपालिका वडा नं. ९ मा वृक्षारोपण कार्यक्रम सम्पन्न

बाँसगढी, २५ असार २०८२ – बाँसगढी नगरपालिका वडा नम्बर ९, चिसापानीस्थित सामुदायिक भवन परिसरमा एक भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका नगरप्रमुख आदरणीय खड्क बहादुर खड्का र वडाध्यक्ष चन्द्रबहादुर शाहीको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय समुदाय, जनप्रतिनिधि, सामाजिक कार्यकर्ता र युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो कार्यक्रममा धुपी प्रजातिका बिरुवाहरू रोपिएको छ।

नगरप्रमुख खड्कले वृक्षारोपणको महत्त्वमाथि प्रकाश पार्दै हरित नगर निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। त्यस्तै, वडाध्यक्ष शाहीले वडालाई हरियाली र स्वच्छ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय बासिन्दाहरूले पनि यो पहलको प्रशंसा गर्दै वातावरण जोगाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा रोपिएका बिरुवाहरूको संरक्षण र हेरचाह गर्ने जिम्मेवारी स्थानीय समुदाय र वडा कार्यालयले लिने बताइएको छ।यो वृक्षारोपण कार्यक्रमले बाँसगढी नगरपालिकालाई हरियाली र दिगो विकासतर्फ अघि बढाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

तस्बिर स्रोत बाँसगढी डटकम 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update