नेभिगेशन
समाचार

गुजरातमा जीर्ण पुल भत्किँदा ९ जनाको मृत्यु, धेरै बेपत्ता

अचानक भत्किँदा थुप्रै सवारीसाधन नदीमा खस्दा हालसम्म ९ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अन्य केही व्यक्ति अझै बेपत्ता छन्।

घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ। स्थानीय प्रशासन, प्रहरी, एम्बुलेन्स, दमकल तथा उद्धार टोली परिचालित छन्। प्रहरीका अनुसार पुलको संरचना निकै जीर्ण भइसकेको थियो र यसअघि नै मर्मतको आवश्यकता रहेको रिपोर्टहरू आइसकेका थिए।

घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ र उनीहरूको उपचार नजिकैका अस्पतालहरूमा भइरहेको छ। स्थानीय अधिकारीहरूले तत्कालीन प्राथमिकता उद्धार र उपचारमा केन्द्रित रहेको भारतीय सञ्चारमाध्यमहरुमा बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update