नेभिगेशन
समाचार

प्रधानमन्त्री ओलीद्वारा चुवा खोलाको बेलीब्रिज उद्घाटन, कर्णाली कोरिडोर विस्तारमा नयाँ उपलब्धि

कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका स्थित चुवा खोलामा निर्माण सम्पन्न भएको बेलीब्रिजको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेका छन्। बेलीब्रिज उद्घाटनसँगै कर्णालीको दुर्गम बस्तीहरू सडक सञ्जालमा थप मजबुत रूपमा जोडिने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओलीसँगै उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पनि सहभागी थिए।

उक्त बेलीब्रिज निर्माणपछि वर्षा याममा सडक अवरुद्ध हुने समस्या न्यून हुने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले पुल बनेपछि स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति र अन्य अत्यावश्यक कामका लागि यात्रा सहज भएको बताएका छन्।

 

प्रधानमन्त्री ओली उद्घाटन कार्यक्रम सकेर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ। पुल निर्माणमा सेनाको प्राविधिक सहयोग र भौतिक पूर्वाधार मन्त्रालयको समन्वयमा काम सम्पन्न भएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update