नेभिगेशन
समाचार

भुकम्पबाट पीडित जनतालाइ मन्त्रीको धुलो उपहार ।

भुकम्पबाट पीडित जनतालाइ मन्त्रीको धुलो उपहार ।

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल बनिरहेको छ। जहाँ विद्यालयको चौरको वरिपरी बालबालिका र अभिभावकहरू बसिरहेका छन् । कोही उभिएका छन् । चौरको एकछेउमा स्वागतद्वार बनाइएको छ । त्यहाँ उभिएकाहरू कुनै विशिष्ट व्यक्तिको आगमनको पर्खाइमा रहेका देखिन्छन् । यत्तिकैमा नेपाली सेनाको एउटा हेलिकप्टर त्यही चौरमा अवतरणका लागि आइपुग्छ । जब हेलिकप्टर चौरनजिकै आउँछ चौर धुलोले भरिन्छ । अनि, त्यहाँ उभिएका स्कूले बालबालिका, खेलाडी र दर्शकहरूको भागाभाग हुन्छ । बालबालिका निस्सासिएर भाग्छन् । यो दृश्य जाजरकोटको छेडागाड नगरपालिका-३ स्थित जनप्रिय माध्यमिक विद्यालयको हो । जहाँ यही माघ २१ गते पाँचौं मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन हुँदै थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए, यही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह ।उनी प्रतियोगिताको उद्घाटनका लागि सेनाको हेलिकप्टरमा पुगेका थिए । धुलाम्मे चौरमा हेलिकप्टर अवतरण गर्न खोज्दा वरपरको वातावरण नै धुलोमय बन्न पुगेको थियो । जसका कारण हेलिकप्टर समेत अवतरण गर्न सकेन । 

विद्यालयका प्रधानाध्यापक जय बहादुर थापाले कार्यक्रमस्थलमा हेलिकप्टर बसाल्न प्रयास गरिएको तर धेरै धुलो उडेपछि वडा कार्यालय भवनको आडैमा अवतरण गरिएको जानकारी दिए । 

‘भिडिओमा धेरै धुलो उडेको देख्नु भएको होला । हेलिकप्टर अवतरण गराउन खोज्दा धुलो उडेर दर्शक, खेलाडी र विद्यार्थीलाई थप असहजता हुने भएका कारण क्याम्पसको चौरमा अवतरण गर्ने प्रयास भयो । त्यहाँ सल्लाको रुखले ‘डिस्टर्व’ गरेपछि वडा कार्यालयको आडैमा हेलि अवतरण भएको हो’, उनले भने । 

प्रतियोगिताको आयोजक छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले कार्यक्रमका लागि मन्त्री शाह हेलिकप्टरमा आउँदा धुलो उडेको र दर्शक, खेलाडीहरू एकछिन तितरवितर भएको बताए । उनले मन्त्रीलाई प्रमुख अतिथिका रूपमा बोलाए पनि हेलिकप्टरको खर्च भने नबेहोरेको बताए । 

‘एकैछिन त्यहाँ धुलो उडेको हो’, उनले भने, ‘मन्त्रीज्यूले कार्यक्रममै आफ्नो निजी खर्चमा हेलिकप्टर ल्याएर आएको बताउनु भएको थियो । हाम्रो पालिकाबाट खर्च व्यवस्थापन भएको होइन ।’

मन्त्रीको प्रश्न- आफ्नै क्षेत्रमा निजी खर्चमा जान नपाउने ?
सामाजिक सञ्जालमा हेलिकप्टरले धुलो उडाएको भिडिओ भाइरल भएपछि मन्त्री शाहले आफ्नै क्षेत्रमा निजी खर्चमा जान नपाउने हो भन्दै प्रश्न गरेका छन् ।

‘दश दिन अघि नै मलाई त्यहाँका आमजनताले रनिङ शिल्डको उद्घाटन गर्न बोलाउनु भएको थियो । मेरो आफ्नै गृह जिल्लामा म गाडीमा जाऊँ वा हेलिकप्टरमा जाऊँ, त्यसको विरोध गर्नुको कुनै अर्थ देख्दिनँ’, मन्त्री शाहले लोकान्तरसँग भने, ‘सामाजिक सञ्जालमा उनीहरूले मेरो खेदो खनेका हुन् । मैले त्यही दिन उक्त कार्यक्रम र प्रदेशसभा स्थापना दिवसको अवसरमा सुर्खेतमा आयोजित समारोहमा पनि सहभागी बन्नुपर्ने भएकाले निजी खर्चमा नेपाली सेनाको हेलिकप्टरलाई प्रयोग गरेर गएको हुँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update