नेभिगेशन
समाचार

इँटाभट्टाबाट एमबीबीएससम्म: गोमा श्रेष्ठको पढाइको जिम्मा लिए भाटभटेनी अध्यक्ष गुरूङले

काठमाडौंस्थित एक इँटाभट्टामा खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठको संघर्ष र सफलता प्रेरणादायी बनेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट ४.०० जीपीए हासिल गरेकी गोमाले आफ्नो जीवन परिवर्तनको अर्को पाटोमा प्रवेश गरेकी छिन्।

उनको यो सफलता र भविष्यप्रतिको प्रतिबद्धतालाई मन छुने गरी मूल्याङ्कन गर्दै भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले गोमाको एमबीबीएस तहसम्मको अध्ययनको सम्पूर्ण खर्च बेहोर्ने घोषणा गरेका छन्।

बिहीबार भाटभटेनीको कार्यालयमा आयोजित एक कार्यक्रममा गोमालाई १ लाख रुपैयाँ नगद, एक थान ल्यापटप, र सम्मानपत्रसहित सम्मान गरियो। उक्त अवसरमा अध्यक्ष गुरुङले भने, “गोमाजस्ता मेहनती र प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्न सक्नु नै हाम्रो सानो योगदान हो।”

गोमाको संघर्षको कथा पहिलो पटक विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि देशभरबाट उनीप्रति सद्भाव, समर्थन र प्रेरणा प्रकट गरिएको थियो।

गोमाको यो प्रेरणादायी यात्राले देशभरका युवाहरूमाझ आशा र आत्मविश्वासको नयाँ सन्देश दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update