नेभिगेशन
समाचार

छबिलालको बयान : सबै कुरा जीबी र रविलाई थाहा होला

छबिलालको बयान : सबै कुरा जीबी र रविलाई थाहा होला

काठमाडौँ । साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता भएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारीसरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १७ जना तथा पछि राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित थप १५ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको हो ।अभियोग पत्रमा प्रतिवादी रहेका छबिलाल जोशीको बयान पनि समावेश गरिएको छ । बयानमा जोशीले साहारा चितवन सहकारीको कर्मचारी, शेयर सदस्य, पदाधिकारी लगायतको कोही नभएको र आफूसँग उक्त सहकारीको कुनै संलग्न नरहेको दाबी गरेका छन् ।आफू गोरखा मिडिया नेटवर्क प्रा.लि. को संस्थापक शेयर रहेको तर १ वर्षपछि त्यो छाडेको उनले बयानमा बताएका छन् । उनले भनेका छन्, ‘संस्थापक शेयर होल्डर एवं कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईलाई नै सुम्पिई उक्त कम्पनीबाट बाहिरिएको हुँ म कम्पनीमा संलग्न भए देखि छाड्दासम्म गोरखा मिडिया नेटवर्कमा आर्थिक कारोबारमा मेरो दैनिक व्यवस्थापनको कार्यमा संलग्नता नभई सोको जिम्माजिम्मा गितेन्द्र बाबु राई र रवि लामिछानेले गर्ने गरेको हुँदा यस सम्बन्धमा मलाई केही थाहा भएन, पैसा माग गर्ने, ल्याउने र खर्च गर्ने समेतको कुनै प्रकारको छलफल, माईन्युट वा समझदारी कुनै दिन नभएकोले सो विषयमा निजै गितेन्द्र बाबु राई र रवि लामिछानेलाई नै थाहा होला ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update