नेभिगेशन
समाचार

लुम्बिनी प्रदेश सभामा भोली बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

दिउँसो ३ बजे बस्ने भएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ प्रस्तुत गर्दै उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्की स्वयंले दिनेछन्।

त्यसैगरी, मन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक’ पनि प्रदेश सभामा पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। यसअघि लुम्बिनी प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट सार्वजनिक गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update