नेभिगेशन
समाचार

जाजरकोटको कुसे गाउँपालिकामा स्थानीय पाठ्यक्रममा आधारित 'हाम्रो कुसे, हाम्रो खुशी' पाठ्यपुस्तक निर्माण

जाजरकोट, कर्णाली प्रदेश – कुसे गाउँपालिकाले आफ्नो सांस्कृतिक, सामाजिक र भौगोलिक पहिचानलाई जीवन्त राख्न स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो कुसे, हाम्रो खुशी’ नामक पाठ्यपुस्तक निर्माण गरेको छ। यो पाठ्यपुस्तकले गाउँपालिकाको समृद्ध संस्कृति, परम्परा र प्राकृतिक सम्पदालाई विद्यार्थीमाझ पु¥याउने लक्ष्य राखेको छ।

यो पाठ्यपुस्तकमा कुसे गाउँपालिकाभित्रका जातजाति, धार्मिक संस्कृति, स्थानीय भाषा, साहित्य, भौगोलिक अवस्था, वन्यजन्तु, सामाजिक सद्भाव, रहनसहन, कला, संस्कृति संरक्षण र स्थानीय सीपका विषयहरूलाई समेटिएको छ। कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूका लागि तयार पारिएको यो पुस्तक गाउँपालिकाभरिका सबै विद्यालयमा पठनपाठन गरिनेछ।

स्थानीय ज्ञान, संस्कृति र सीपलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्मित यो पाठ्यपुस्तकले विद्यार्थीहरूलाई आफ्नो गाउँको पहिचानप्रति गर्व गर्न प्रेरित गर्नेछ। साथै, यसले स्थानीय समुदायको संस्कृति र परम्परालाई संरक्षण र प्रवद्र्धन गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

कुसे गाउँपालिकाको यो पहललाई शिक्षाविद् र स्थानीयवासीले उत्कृष्ट कदमको रूपमा स्वागत गरेका छन्। ‘हाम्रो कुसे, हाम्रो खुशी’ पाठ्यपुस्तकले स्थानीय शिक्षालाई थप समृद्ध र सान्दर्भिक बनाउने विश्वास गरिएको छ।

कुसे गाउँपालिकाको यो कार्यलाई कसरी लिनुहुन्छ तपाइँको धारण दिनुस्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update