नेभिगेशन
समाचार

प्रधानमन्त्री ओलीले भने– “हामीले गरेको मेहनतले एसईई नतिजामा सुधार आयो”

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा उल्लेख्य सुधार आउनुमा सरकारको प्रयास सफल भएको बताएका छन्। एसईई नतिजा सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सफल विद्यार्थीहरूलाई बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, “यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ। गत वर्ष ४७.८६ प्रतिशत मात्रले ग्रेड प्राप्त गर्न सकेका थिए भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहेका थिए। बितेको वर्षमा नतिजा सुधारका लागि हामीले गरेको मेहनत काम लागेको छ।”

प्रधानमन्त्रीले ग्रेड नपाउने विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै अगाडि अझै अवसरहरू रहेको बताएका छन्। “ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई अन्तिम परीक्षा नठान्नुहोस्, सफलताको अर्को दिन पनि आउने छ,” उनको भनाइ छ।

यस वर्ष ग्रेड पोइन्ट एभरेज (जीपीए) ३.६० देखि ४.० बीच ल्याउने विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update