नेभिगेशन
समाचार

१७ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा वाईसीएल नेता पक्राउ

रुकुम पश्चिममा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा माओवादी केन्द्रका भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) कर्णाली प्रदेश समितिका सदस्य ३० वर्षीय रेशम खत्री रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, १८ जेठमा पीडित किशोरीले खत्रीविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन्। जाहेरी दर्तापछि प्रहरीले अनुसन्धान थाले पनि खत्री फरार रहेका थिए।

“पछिल्लो समय उनी सानोभेरी गाउँपालिकामा लुकिछिपी बसिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो,” जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिए। उनका अनुसार खत्रीलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीका अनुसार पीडित किशोरीले घटनापछि शिशु जन्माइसकेकी छन्। पीडित पक्षको स्वास्थ्य, सुरक्षालगायत पक्षमा सहयोग पुर्‍याउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update