नेभिगेशन
समाचार

सांसद सुमना श्रेष्ठको प्रस्ताव : निजी विद्यालयहरू १५ वर्षभित्र गैरनाफामुलक बन्नुपर्छ

पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले निजी विद्यालयहरूलाई १५ वर्षभित्र गैरनाफामुलक बनाउने प्रस्ताव गरेकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी छलफलमा भाग लिँदै सांसद श्रेष्ठले संविधानको मर्मअनुसार निजी विद्यालयहरू लाभको उद्देश्यले सञ्चालन हुनु नहुने बताइन्। उनले भनिन्, "संविधानले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले निजी विद्यालयहरूलाई पनि सोही दिशामा लैजानुपर्छ।"

श्रेष्ठले विधेयक लागू भएपछिको १५ वर्षभित्र सबै निजी विद्यालयहरूलाई गैरनाफामुलक संस्थाका रूपमा रूपान्तरण गर्नुपर्ने सुझाव दिइन्। यदि संविधानको मर्मअनुसार अघि बढ्न नसकिने हो भने संविधान नै संशोधन गर्नुपर्ने उनको भनाइ थियो।

शिक्षा समितिमा हाल विद्यालय शिक्षा विधेयकका विवादित बुँदाहरूमा छलफल चलिरहेको छ। समितिले विवादित विषयहरूमा सहमति बनाएर विधेयक असार १५ गते प्रतिनिधिसभाको बैठकमा पेश गर्ने तयारी गरेको छ।

विद्यालय शिक्षा विधेयक सार्वजनिक भएपछि निजी क्षेत्र, शिक्षक संगठन तथा अभिभावकमाझ विभिन्न धारणा र विवाद उत्पन्न भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update