नेभिगेशन
समाचार

कैलालीमा १६ दिनकी सुत्केरीको हत्या, देवर नवीन नाथ पक्राउ

एउटा डरलाग्दो हत्या जुन कैलाली जिल्लाबाट केही दिन अगाडि मात्रै बाहिरिएको थियो, जब त्यो घटना बाहिरियो

सबैको मन रुवायो होस् हवास नै उडायो । जुन घटनाले आफ्नै घरपरिवार भित्र पनि विश्वास भन्ने शब्द नै उजाडिदियो !

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ स्थित कैलाशपुरमा जब एक मानवले राक्षसको रूप लिन्छ, यहाँसम्म कि उसले आफ्नै घरपरिवारका सदस्यलाई पनि चिन्दैन । धन सम्पत्ति र केही घरायसी गुनासोका कारण आफ्नै भाउजुको हत्या गर्छ ।

हत्या पनि यति क्रुर तरिकाले गर्छ कि रातको समयमा सुतिरहेकी भाउजुको सिरानीले नाक मुख नै बुझिदिन्छ। एउटा मर्दको त्यो ताकत अगाडि बिचरा ती निर्दोष भाउजुको केहि चल्दैन ? अन्तत उनको केही समयमै बिस्तरामा छटपटाउदै ज्यान जान्छ।

जुन भाउजु भनिएकी उनी हुन् कैलाली जिल्लाकी १६ दिने सुत्केरी तुलसीनाथ । जो अहिले १९ वर्षकी मात्र थिइन्, उमेरले कलिलै भएपनि उनीमाथि घरपरिवारको धेरै जिम्मेवारी थियो, घरको आर्थिक पाटो पनि उनीले नै चलाउँदै आएकी थिइन् ।

तुलसीनाथको सुत्केरी अवस्थाको पीडा ताजै थियो। उनको कोखबाट जन्म लिएको बच्चाले १६ दिन पार गर्दै थियो । तर त्यो बच्चाको लागि त्यही रात नै अन्धकार भयो। बच्चाको स्तन नै खोसियो। १६ दिनमा हुर्किँदै गर्दा उसले यो संसारबाट आमा भन्ने शब्द सधैंभरका लागि गुमाउनु पर्‍यो ।

बच्चाले आमा पनि भन्न पाएको थिएन, बोल्न त परै जाओस् चिन्न समेत पाएन । तर उसकै कलिला हातबाट आमाको चितामा आगो बाल्नुपर्यो । 

यतिबेला घटना सम्झिँदा पनि सबैको मन पिरोलिन्छ सबैका आँखा रसाउँछन् । आँखाबाट आँसु झारेको पत्तै हुँदैन।

एउटा खुसीसाथ बाँचिरहेको परिवारको यो सबै खुसी एकै झट्कामा जिन्दगीभरका लागि खोस्ने, अरु कोही नभएर जब आफ्नै देवर हुन् भन्ने साबित भयो । त्यसपछि घटनाले सबैलाई आश्चर्य चकित बनायो, 

मृतक तुलसीनाथको घटनाको दिन घडीमा मध्यरातको १२ बज्दै थियो, गाउँघरका मानिस सबै मस्त निन्द्रामा थिए। सुत्केरी भएको १६ दिन मात्र पुगेकी तुलसी र उनको काखमा सुतिरहेको बच्चा पनि आनन्दले सुतिरहेका थिए।

तुलसीका देवर भने तेहि समयको प्रतिक्षा गरिरहेका थिए अन्तत उनी भाउजुको कोठामा प्रवेश गरी सिरानीले भाउजुको नाक मुख बुझी मध्यरातमै हत्या गरे । 

 

हत्या गरे लगत्तै उनले कान र खुट्टामा लगाएका भाउजुका सबै सुनका गरगहना निकालेर भाउजुलाई घरसँगै जोडिएको नालीमा घोप्टो पारेर फालिदिए । 

 

बिहान हुन्छ। मृतक तुलसीनाथकी नन्द पढ्न जानलाई सबेरै उठेर घर बाहिर आउँछिन् जब बाहिर उनले जे देख्छिन् त्यसले उनको होस हवास नै उड्छ । उनी चिच्याउँदै आफ्नो दाइलाई नालीमा पल्टिएको भाउजुको सब देखाउँछिन् ।

दाइ पनि आफूलाई केही थाहा नभए जस्तो गाउँघरलाई बोलाउँछन् र प्रहरीलाई खबर गर्छन् । प्रहरी आउँछ र घटनालाई नियालेर अनुसन्धान सुरु गर्छ, प्रहरीको निरन्तर अनुसन्धानपछि केही समयमै हत्याराको नालीबेली खुल्न थाल्छ । हत्यारा अरु कोही नभएर उनकै देवर भएको पुष्टि हुन्छ। जसले केही प्रलोभन र रिसको आवेगमा भाउजुको हत्या गरेका थिए। प्रहरी समक्ष पनि उनले सबै कुरा स्वीकार गर्छन् र यतिबेला उनी प्रहरीको नियन्त्रणमा छन् ।

मृतक तुलसीनाथको आत्माले शान्ति पाओस् हत्यारा उनका देवरलाई कडाभन्दा कडा कारबाही होस् । हार्दिक श्रद्धाञ्जली

समाचारदाता: गोपाल गुर्ताल बर्दिया बाँसगढी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update