नेभिगेशन
समाचार

सुर्खेत जिल्लाको कुन स्थानीय तहको बजेट कति ?

सुर्खेत जिल्लाका सबै नौवटै स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नाे बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जिल्लाका पाँच नगरपालिका र चार गाउँपालिकाले मिलेर कुल ९ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्।

वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा ठूलो बजेट

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले सबै स्थानीय तहमध्ये सबैभन्दा ठूलो ४ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले पूर्वाधार, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र वातावरणीय संरक्षणमा प्राथमिकता दिएको जनाएको छ।

सबैभन्दा कम बजेट चिंगाड गाउँपालिकाको

दोसोतर्फ चिंगाड गाउँपालिकाले सबैभन्दा कम ४० करोड ८६ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाले साना पूर्वाधार, शिक्षा तथा कृषिमा विशेष जोड दिँदै बजेट निर्माण गरेको बताएको छ।

अन्य स्थानीय तहको बजेट विवरण:

गुर्भाकोट नगरपालिका – १ अर्ब १ करोड

भेरीगंगा नगरपालिका – ८० करोड २५ लाख

लेकबेशी नगरपालिका – ६१ करोड ५१ लाख

पञ्चपुरी नगरपालिका – ६९ करोड ११ लाख

चौकुने गाउँपालिका – ५७ करोड ३० लाख

सिम्ता गाउँपालिका – ६१ करोड ७५ लाख

बराहताल गाउँपालिका – ६३ करोड ७ लाख

स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेभित्र आफ्नो नगर/गाउँ सभामा बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था छ। सुर्खेतका सबै स्थानीय तहले यो कानुनी बाध्यतालाई पालना गर्दै समयमा नै नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update