नेभिगेशन
समाचार

पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित, सडकबाट खस्दा १० घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा यात्रुवाहक बस दुर्घटना हुँदा ७ भारतीयसहित १० जना घाइते भएका छन्।

काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको बस आज बिहान करिब साढे चार बजे आफैं अनियन्त्रित भई सडकबाट करिब ७ फिट तल खसेको थियो। दुर्घटनाका बेला बसमा २५ जना यात्रु सवार थिए।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायका अनुसार घाइतेमध्ये भारतीय नागरिकहरू भारतको सितामढी र दरभंगा जिल्लाका हुन्। घाइतेहरूमा रेखा देवी (४४), जहदेवी झा (२२), बिसु कुमार पटेल (११), मोहमद अमज (२६), मोहमद अकिल, नरगिस खातुन (३८), र २ वर्षीया आयस प्रतिक रहेका छन्।

त्यस्तै, नेपालतर्फका घाइतेहरूमा धनुषा क्षिरेश्वरनाथ–१ का अनुष्का निगम (२३), जनकपुरकी सन्तोषी ठाकुर (३५) र महोत्तरी जलेश्वर–४ की पुनम ठाकुर (४३) रहेका छन्।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको कारण बसको ब्रेक फेल भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update