नेभिगेशन
समाचार

जाजरकोटकी होनहार छात्रा सृजना गिरिको सडक दुर्घटनामा दर्दनाक निधन

जाजरकोट — जाजरकोटको छेडाँगाड नगरपालिका–८ की २३ वर्षीया सृजना गिरिको इलाममा परीक्षा दिएर फर्किने क्रममा भएको सडक दुर्घटनामा ज्यान गएको खबरले सम्पूर्ण जिल्ला शोकमा डुबेको छ। मेधावी र उज्यालो भविष्य बोकेकी सृजना अब स्मृतिमा मात्र सीमित बनेकी छिन्।

इलामबाट मोटरसाइकलमा घर फर्किँदै गर्दा भएको दुर्घटनामा परी सृजनाले घटनास्थलमै ज्यान गुमाएकी हुन्। यो घटनाले फेरि एक पटक राज्यको लापरवाही, स्तरोन्नति नभएको सडक र कमजोर ट्राफिक नियन्त्रणलाई उजागर गरेको छ। तीव्र गतिमा चल्ने सवारीसाधनमाथि प्रभावकारी निगरानीको अभाव र असुरक्षित सडक संरचनाले निर्दोष जीवनलाई जोखिममा पारिरहेको छ।

स्थानीयवासी तथा विद्यार्थी समुदाय सृजनाको असामयिक निधनबाट मर्माहत छन्। ‘सृजना मात्र एक व्यक्ति थिइनन्, उनी थिइन् जाजरकोटको आशा, भविष्य र प्रेरणा’, उनका शिक्षकले भावुक हुँदै भने।

यो घटनाले फेरि पनि प्रश्न उठाएको छ — राज्य, प्रशासन र ट्राफिक प्रणाली कहिले जिम्मेवार बन्छ ? कति होनहार युवाले यस्तै दुःखद दुर्घटनामा ज्यान गुमाउनु पर्ने हो ?

स्व. सृजनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकमा डुबेका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै, घटनाको गहिरो छानबिन गरी दोषी ठहरिने जो कोहीलाई कारबाही र आगामी दिनमा यस्ता दुर्घटना रोक्न प्रभावकारी कदम चाल्न माग गर्दछौं।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update