नेभिगेशन
समाचार

जालीझेली र फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? : प्रचण्ड

जालीझेली र फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ? : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सरकारलाई आफूले संविधान विरोधी भनेर त्यसै नभनेको बताएका छन् । मंगलबार म्याग्दीको बेनीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान र स्थापित नियम र मान्यता विरोधी भएको बताएका हुन् । संविधानमा प्रस्टसँग भनिएको छ– संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको सरकारले विश्वासको मत लिन खोज्यो र भोटिङमा हार्‍यो भने ७६ को ३ मा गएर सबभन्दा ठुलो दलको नेतृत्वमा सरकार बनाउनुपर्नेछ प्रस्ट लेखिएको छ’, प्रचण्डले भने, ‘तर मैले ७६ को २ अनुसार भोटिङमा गएँ, म विजयी नभएपछि विजयी नभएपछि ठुलो पार्टीको नेताको नेतृत्वमा सरकार बन्नुपर्नेमा फेरि ७६ (२) अनुसार दोस्रो पार्टीको नेतृत्वमा सरकार बन्यो । त्यसकारण यो असंवैधानिक सरकार हो ।’उनले यसरी बनेको सरकारबारे गहिरोसँग बुझ्ने हो भने संविधान मिच्ने हिजोदेखिको केही पार्टी र नेताहरूको कोशिसको निरन्तरता भएको पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update