नेभिगेशन
समाचार

दुम्किबासमा विनयी खोलाको बाढीले यात्रुबाहक बस बगायो, सबै यात्रु सकुशल उद्धार

पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। भे १ ख ४०८५ नम्बरको बसमा तीन बालबालिका सहित ३८ जना सवार थिए। पूर्वबाट बर्दियातर्फ जाँदै गरेको उक्त बस बिहीबार राति करिब ११ बजे डाइभर्सन पार गर्ने क्रममा बाढीमा परेर बगिएको हो।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार, बाढीले बगाएको बसमा रहेका सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको छ। बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ।

गत पुसमा भारतीय ओभरलोड ट्रकका कारण विनयी खोलाको पुल भत्किएपछि सो स्थानमा अस्थायी डाइभर्सन बनाइएको थियो। तर हालसालैको वर्षासँगै खोलामा आएको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यस क्षेत्रको यातायात व्यवस्था अवरुद्ध हुने गरेको छ।

प्राकृतिक प्रकोप र अस्थायी पूर्वाधार व्यवस्थापनमा देखिएको कमजोरीले जोखिम बढाएको भन्दै स्थानीयवासीले स्थायी समाधानको माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update