नेभिगेशन
समाचार

‘कानुनमन्त्रीले न्यायाधीशलाई फोन गरेर अदालत प्रभावित पार्न खोजे’सांसद अमरेशकुमार सिंह

सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियामाथि न्यायाधीशहरुलाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि बोल्ने क्रममा सांसद अमरेश कुमार सिंहले कानुनमन्त्री चौरसियामाथि न्यायाधीशहरुलाई फोन गरेर विचाराधिन मुद्दाहरु प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।

म सुन्दै आइरहेको छु, कानुनमन्त्रीले बिहानबिहानै कसैको मुद्दा जिल्ला अदालतमा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ, उच्च अदालतमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ’ सांसद सिंहले भने, ‘सर्वोच्च अदालतमा छ भने त्यही न्यायाधीशलाई फोन गर्नुहुन्छ ।’

आफूले थाहा पाएको सूचना सत्य रहेको जिकिर गर्दै उनले कल डिटेल रेकर्ड हेर्दा पनि कानुनमन्त्री निर्दोष देखिए आफू पद त्याग्न तयार रहेको बताए । उच्च अदालतहरुमा न्यायाधीश नियुक्ती गर्दा भागवण्डाको भर्तीकेन्द्र बनेको भन्दै उनले त्यस्ता क्रियाकलापले न्यायपरिषद्‌ औचित्यहिन सावित भएको टिप्पणी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update