नेभिगेशन
समाचार

‘कानुनमन्त्रीले न्यायाधीशलाई फोन गरेर अदालत प्रभावित पार्न खोजे’सांसद अमरेशकुमार सिंह

सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियामाथि न्यायाधीशहरुलाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि बोल्ने क्रममा सांसद अमरेश कुमार सिंहले कानुनमन्त्री चौरसियामाथि न्यायाधीशहरुलाई फोन गरेर विचाराधिन मुद्दाहरु प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।

म सुन्दै आइरहेको छु, कानुनमन्त्रीले बिहानबिहानै कसैको मुद्दा जिल्ला अदालतमा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ, उच्च अदालतमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ’ सांसद सिंहले भने, ‘सर्वोच्च अदालतमा छ भने त्यही न्यायाधीशलाई फोन गर्नुहुन्छ ।’

आफूले थाहा पाएको सूचना सत्य रहेको जिकिर गर्दै उनले कल डिटेल रेकर्ड हेर्दा पनि कानुनमन्त्री निर्दोष देखिए आफू पद त्याग्न तयार रहेको बताए । उच्च अदालतहरुमा न्यायाधीश नियुक्ती गर्दा भागवण्डाको भर्तीकेन्द्र बनेको भन्दै उनले त्यस्ता क्रियाकलापले न्यायपरिषद्‌ औचित्यहिन सावित भएको टिप्पणी गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update