नेभिगेशन
समाचार

राजविराजका वडाध्यक्षले दिए कार्यवाहक नगर प्रमुखमाथि ज्यान मार्ने उद्योगको जाहेरी

सप्तरीको राजविराज नगरपालिका–९ का वडाध्यक्ष जबाहर यादवले कार्यवाहक नगरप्रमुख इसरत परविनसहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीमा जाहेरी दिएका छन्।


बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता गराइएको जाहेरीमा कार्यवाहक प्रमुख परविनका श्रीमान समीम अख्तर अली, करार इन्जिनियर फिरोज खान, लेखा अधिकृत शत्रुधन लाल दास, स्थानीय सनाउद्दिन खान र मो. सजादको नामसमेत उल्लेख गरिएको छ।

नगरप्रमुखको सरूवा विवादलाई लिएर कार्यालयमा भएको तालाबन्दीका क्रममा ताला फोडेर हाजिरी गराउने प्रयासका बेला झडप भएको थियो। वडाध्यक्ष यादवले प्रतिकार गर्दा ज्यानै लिने प्रयास भएको आरोप लगाएका छन्।

त्यसैगरी योजना अधिकृत मनोज यादवले पनि कार्यवाहक नगरप्रमुख परविन र सजादविरुद्ध गालीगलौज र कुटपिट गरेको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव डा. श्रवण कुमार साहलाई हटाएर शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त कार्यालय प्रमुख बनाएपछि विवाद चुलिएको हो। परविनमाथि अनियमितता गर्न आफू अनुकुल हाकिम ल्याएको भन्दै निलम्बित नगरप्रमुख भिमराज यादव पक्षले ताला लगाएको थियो।

तालाबन्दीका बीच ताला फोडेर काम सञ्चालन गर्ने प्रयास गर्दा विवाद झनै बढेको थियो। अहिले दुवै पक्षबाट कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update