नेभिगेशन
समाचार

गभर्नर पौडेलको चेतावनी: बैंकले ठगी गरे तुरुन्त कारबाही

जनकपुरमा उद्योग वाणिज्य महासंघ र बैंकका प्रतिनिधिसँगको छलफलमा उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकको पैसा धेरै मानिससम्म पुर्‍याउने आफ्नो प्राथमिकता भएको बताए।

धनुषाका व्यापारीहरूले धितो राखेका ग्राहकलाई बैंकले लिलाम गरेको गुनासो गरेपछि गभर्नरले यस्तो चेतावनी दिएका हुन्।व्यवसायीहरूले साना किसान र व्यापारीलाई बैंकले ऋण नदिने गुनासो गरे भने, बैंक प्रतिनिधिले मधेसमा ऋण तिर्न नसक्नेको संख्या बढी भएको जानकारी दिए।

 

गभर्नर पौडेलले धनी र गरिबबीचको खाडल घटाउने, नियमभन्दा बढी सुपरिवेक्षणमा ध्यान दिने, र साना व्यवसायीलाई पनि ऋण पुर्‍याउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update