नेभिगेशन
समाचार

"केदारनाथको उकालोमा नेपाली युवाको पीडा: १७ किमीको बाटो, गधाजस्तै भारी, सपनाको खोजीमा पसिनाको बलिदान"

एउटा कहाली लाग्दो नेपालीहरुको कथा जहाँ नेपाली युवाले ५० देखि १ क्विन्टल सम्मको भारी बोकी करिब १७ किलोमिटर दूरीको सामना गर्नुपर्छ। भारतमा रहेको केदारनाथ मन्दिर जहाँ हरेक देशबाट आफ्ना मनोकामना पूरा हुन्छ भनी दिनहुँ हजारौँको मात्रामा तीर्थयात्रा गर्ने श्रद्धालु भक्तजनहरूको घुइचो लागिरहेको हुन्छ । 

तर यस क्षेत्रमा आउने भक्तजनहरुले केदारनाथ मन्दिरसम्म पुग्नलाई भने निकै कठिन यात्रा गर्नुपर्छ किनकि यस ठाउँमा गाडी मोटरको पहुँच अहिलेसम्म पुग्न सकेको छैन। सोही यातायात समस्याका कारण त्यहाँ मन्दिरको दर्शन गर्न आएका धेरै भक्तजनहरुलाई गन्तव्यसम्म पुर्‍याउन रोजगारीको सिलसिलामा भारतमा गएका हाम्रा हजारौँ नेपाली बेरोजगार युवाले दिनरात दुःख गरिरहेका छन्।

आफ्ना बालबच्चाको सुन्दर भविष्यका लागि धेरै दाजुभाई यस ठाउँमा गई गधाले जस्तो भारी बोक्नु परेको छ । नेपालमा रोजगारको अभाव भएपछि आफ्नो परिवार पाल्नका लागि हरेक नेपाली दाजुभाइले अरुको देशमा गइ दिनरात खुन पसिना बगाइरहनु परेको छ ।

तर हाम्रो देशमा रहेका राजनीतिक पहुँच र पदमा बसेका व्यक्तिलाई भने देशमा बढिरहेको बेरोजगारीको बारेमा सोच्ने समेत समय छैन, देशमा यसरी दिनहुँ हजारौं युवा विदेशीनुमा तपाईँले सरकारलाई

के सुझाव दिन चाहनुहुन्छ । अथवा बेरोजगारीको मात्रा बढ्दै जानुमा गल्ती कसको देख्नुहुन्छ, आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेखिदिनुहोला।

                   समाचारदाता: गोपाल गुर्ताल ,बर्दिया बाँसगढी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update