नेभिगेशन
समाचार

पाँचथरमा बेलिब्रिज भत्किँदा ३ जनाको मृत्यु भएको छ,

पाँचथरको हेवा खोलामा मेची राजमार्गअन्तर्गत निर्माणाधीन बेलिब्रिज भाँचिदा तीन जना श्रमिकको मृत्यु भएको छ। 

 प्रहरी कार्यालयका अनुसार शनिबार फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ मा भएको यो घटनामा बारा सिमरा उप–महानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो।

सोही घटनामा अन्य तीन जना श्रमिक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा बारा सिमराकै २५ वर्षीय भुनेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update