अछाम जिल्लाको गैरिटाँड–कमलबजार–बाँसकाँडा २३ किलोमिटर सडकमा यतिबेला धमाधम कालोपत्रेको काम सुरु भइरहको छ। तर विडम्बना त्यहाँका जनता खुसी हुनुको साटो उल्टै ठगिएका छन् ।

उक्त ठाउँमा कालोपत्रे भएको गैरिटाँड मानसैन हुँदै कमलबजार जोड्ने सडकको अवस्था पक्की गरेको एक महिनाभित्र सजिलै रूपमा हातले नै उम्काउन सकिने भएपछि अहिले त्यहाँका स्थानीय सरकारमाथि गुनासो साथै प्रश्न खडा भएको छ।
कमलबजार नगरपालिका बासिन्दाले अहिले आफ्नो क्षेत्रमा कालोपत्रेका नाममा गम्भिर लापरबाही गरिएको गुनासो व्यक्त गरेका छन् । उक्त सडक कालोपत्रे गरिरहेको पीके निर्माण सेवाले गुणस्तरहिन कमसल खालका निर्माण सामग्रीको प्रयोग गरेको पाइएको हो। सडक कालोपत्रेको काम सम्पन्न नहुदै अहिलेदेखि नै सडक उम्किन थालेको छ।
कमलबजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल जिल्ला समुन्वय समितीका सदस्य पुर्ण रावल रास्वापाका नेता जिवन तिमिल्सैना एमालेका नेता खेमराज जैसी नेपाल कम्युनिष्ट पाटीका नेता निर्मल बिष्टले उक्त सडकको अनुगमन समेत गरेका छन ।
उक्त २३ किलोमिटर सडक आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार ९ सय ६६ रुपैयाँ रहेको छ । पूर्वाधार विकास कार्यालय साँफेबगर मार्फत पीके निर्माण सेवाले काम गरिरहेको छ । सो खण्डको कालोपत्र २०८२ पुस २९ भित्र सक्नुपर्ने सम्झौता रहेको छ ।
स्थानीयवासीले गुणस्तरहीन काम गर्ने पीके निर्माण सेवाको ठेक्का रद्द गर्न र ठेकेदारलाई कारबाही गर्न माग गरेका छन्। “हाम्रो करको पैसाले बनेको सडकमा यस्तो ठगीधन्दा चलाउन दिनुहुन्न,” अर्का स्थानीय शान्ति रोकायाले भनिन्।
जिल्ला प्रशासन र सम्बन्धित निकायले यो विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही नगरे आन्दोलनमा उत्रने स्थानीयले चेतावनी दिएका छन्। सडकको गुणस्तर सुधार र पारदर्शी निर्माण प्रक्रियाको मागसँगै यो मुद्दाले अछाममा व्यापक चर्चा पाएको छ।
स्रोत Gopal Gurtal thanks