नेभिगेशन
समाचार

अनेरास्ववियुको मतदान अझै जारी, गणना आजै हुन्छ ?

एमालेनिकट अनेरास्वियुको नयाँ नेतृत्व चयनका लागि अहिले पनि मतदान जारी छ । आज साँझ ७ बजेसम्म मतदानको समय थपिएको भए पनि प्रतिनिधि लाइनमै भएका कारण अहिले पनि मतदान भइरहेको हो । 

राति ९ बजेसम्म मतदान भइसक्ने अनुमान गरिएको छ । लगत्तै मतगणना सुरु गर्ने तयारी छ । विद्युतीय मेसिनबाट मतदान भएकोले गणना सुरु भएको केही घण्टामै नतिजा आइसक्ने अनुमान गरिएको छ । अनेरास्ववियुकाे अध्यक्षका लागि डा. सुजन कडरिया र प्रकाश पाैडेलबीच प्रतिस्पर्धा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update