नेभिगेशन
समाचार

बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नम्बर २ भित्र पर्ने सिमसार क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको मात्रा बढ्दै

बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नम्बर २ भित्र पर्ने सिमसार क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको मात्रा बढ्दै गएको देखिएको छ। 

 

पूर्वपश्चिम राजमार्ग अर्थात् महेन्द्र राजमार्गको काखैमा रहेको यो सिमसार क्षेत्र बाँसगढी नगरपालिका भित्र रहेको लख्नाचोकदेखि १० किलोमिटर भित्र राझाँ सिमलकुना गाउँमा अवस्थित छ।

प्राकृतिक सौन्दर्यता र हेर्दै सुन्दर देखिने सिमसार क्षेत्र सदाबहार जलमग्न अवस्थामा हुन्छ, अर्थात् यस ठाउँमा पानी बाह्रैमास नसुक्ने भएका कारण यो क्षेत्र थप चर्चामा आउन थालेको छ।

वैशाख जेठको उखरमौलो गर्मी याममा पनि यस क्षेत्रको तलाउमा पानी भरिपूर्ण रुपमा देख्न सकिन्छ, सो तलाउको पानीले पनि निकै ठूलो क्षेत्रफल ओगटेको छ । साथै अवलोकन गर्न आउने पर्यटकहरूलाई सजिलो हुनेगरी जङ्गलको डाँडामा एउटा भ्युटावरको पनि व्यवस्था गरिएको छ।

पछिल्लो समय राझाँ सिमलकुनामा रहेको यस सिमसार क्षेत्रमा बाँके र बर्दियादेखि अवलोकन गर्न आउने साथै वनभोजका रूपमा समेत यो ठाउँ परिचित बन्दै गएको छ। यस ठाउँमा आएका पर्यटकलाई मध्यनजर गर्दै सो ठाउँमा पानीको ठूलो धारासमेत जडान गरिएको छ ।

यस क्षेत्रलाई बाँसगढी नगरपालिकाले थप सुधार गर्दै लिने हो भने आउने दिनहरुमा बर्दियालाई चिनाउने एक पर्यटकीय स्थलको रूपमा उभिन सक्ने देखिएको छ ।

                    स्रोत:Gopal Gurtal Bardiya 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update