नेभिगेशन
समाचार

ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने

ट्रम्पको निमन्त्रणामा मोदी अर्को हप्ता ह्वाइट हाउस जाने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रणा आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो-प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिएका थिए ।दुई नेताले सहकार्य विस्तार र गहिरो बनाउने विषयमा छलफल गर्नुभएको छ, उहाँहरूले इन्डो–प्यासिफिक, मध्यपूर्व र युरोपको सुरक्षासहित विभिन्न क्षेत्रीय मुद्दामा पनि छलफल गर्नुभएको छ”, वार्तापछि ह्वाइट हाउसको वक्तव्यमा भनिएको छ, “राष्ट्रपतिले भारतले अमेरिकी निर्मित सुरक्षा उपकरणको खरिद बढाउने र निष्पक्ष द्विपक्षीय व्यापारिक सम्बन्धतर्फ अघि बढ्ने महत्त्वलाई जोड दिनुभयो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update