युथ भिजन नेटवर्कले हालै आयोजना गरेको "विद्यार्थीसँग जनप्रतिनिधि" कार्यक्रमले विद्यार्थीहरूलाई प्रतिनिधि सभाकी उपसभामुख माननीय इन्दिरा राणा मगरज्यूसँग प्रत्यक्ष संवादको सुनौलो अवसर प्रदान गर्यो।
आजका विद्यार्थीहरू नै भोलिका राष्ट्रनिर्माता हुन्, र उनीहरूमा राजनीतिक चेतना र जागरूकता अभिवृद्धि गर्नु समयको अपरिहार्य आवश्यकता हो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संसद् लोकतान्त्रिक मूल्य र अभ्यासको केन्द्रबिन्दु हो, जहाँ उपसभामुखको भूमिका प्रभावकारी संसदीय सञ्चालन र विधायिकी प्रक्रियामा निर्णायकरहन्छ।

कार्यक्रममा उपसभामुखज्यूले सांसदका कर्तव्य, कानुन निर्माणको जटिल प्रक्रिया, संसद्को कार्यसञ्चालन र प्रतिनिधित्वको महत्वका बारेमा गहन र प्रेरणादायी जानकारी प्रदान गर्नुभयो।

यो संवादले विद्यार्थीहरूलाई संसदीय प्रणालीको सूक्ष्मता बुझ्न र आफ्ना जिज्ञासाहरू निर्भीकतापूर्वक राख्न प्रोत्साहित गर्यो। यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले युवा पुस्तामा लोकतन्त्रप्रति विश्वास र रुचि जागृत गर्नुका साथै उनीहरूलाई जिम्मेवार, सचेत र संविधानप्रति समर्पित नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउँछन्।
वर्तमान समयमा युवाहरूमा राजनीतिप्रति बढ्दो उदासीनताले चुनौती खडा गरिरहेको छ। यस्तो अवस्थामा, "विद्यार्थीसँग जनप्रतिनिधि" जस्ता पहलहरू युवा र जनप्रतिनिधिबीचको सेतु बनेर उभिन्छन्। यी प्रयासहरूले भावी नेतृत्वलाई सक्षम, जागरूक र संवैधानिक मूल्यप्रति प्रतिबद्ध बनाउन बलियो आधार तयार गर्छन्, जसले नेपालको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने विश्वास गर्न सकिन्छ।