नेभिगेशन
समाचार

सप्तकोशीमा गाडीको ट्युबमा बगाएर ल्याएको २ सय किलोभन्दा बढी गाँजा बरामद

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान करिब पौने ३ बजे बराह क्षेत्र १ तर्फ नदीमा तीनवटा बासले दुई वटा रबर ट्युबमा गाँजा बगिरहेको अवस्थामा फेला परेको हो ।

गाँजा ओसारपोसारको सूचनासँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतराबाट पुगेको टोलीले ८ वटा बोरामा प्याक गरिएको २ सय किलो गाँजा बरामद गरेको सुनसरीका प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिए ।

प्रहरीकाअनुसार कोशीको पुलबाट करिब डेढ किलोमिटर उत्तरतर्फ सो ट्युब बगिरहेको अवस्थामा फेला परेको हो ।

गाँजाको ओसारपोसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update