नेभिगेशन
समाचार

चीनले पनि अमेरिकामाथि लगायो कर

चीनले पनि अमेरिकामाथि लगायो कर

अमेरिकाले आफ्ना वस्तुमाथि कर लगाएपछि चीनले पनि अब जवाफ दिएको छ। चीनले मंगलबार अमेरिकाबाट आयात हुने सामानहरूमा थप कर लगाउने घोषणा गर्‍यो, जसमा कोइला र तरल प्राकृतिक ग्यासमा १५ प्रतिशत, कच्चा तेल, कृषि मेसिनरी, ठूला इन्जिन भएका कारहरू र पिकअप ट्रकहरूमा १० प्रतिशत कर लगाएको हो। 

चीनले सबै चिनियाँ सामानहरूमा थप कर लगाउने अमेरिकी सरकारको निर्णय एकतर्फी कर वृद्धि भनेको छ। यसले विश्व व्यापार संगठनको नियमहरूको गम्भीर उल्लङ्घन गर्ने बुझाइ पनि उसको छ।

चीनमाथि कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त भयो। यसअघि चीनले अमेरिकालाई आफ्नो निर्णयमा पुनः विचार गर्न भनेको थियो। तर अमेरिकाले चीनमाथि दश प्रतिशत कर लगायो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update