नेभिगेशन
समाचार

बजेटबारे बालेनलाई दबाब दिन काठमाडौं महानगरका १५० बढी जनप्रतिनिधिको बैठक

स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता रहेको र मेयर शाहले बैठक छल्दै आएपछि दबाब दिन बैठक बढाएको वडाध्यक्ष महर्जनले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका नगरसभा सदस्यहरू आज अनौपचारिक बैठक बसेका छन् । महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक बोलाउन दबाब दिने उद्देश्यले १५० जनप्रतिनिधिहरू बैठक बसेका हुन् ।

उनीहरुले मेयर बालेन शाहलाई जति सक्दो छिटो कार्यपालिका र त्यसपछि नगरसभा बैठक बोलाउन दबाब दिन बैठक बसेको एक जनप्रतिनिधिले जानकारी दिए । केही दिन अघि कार्यपालिका ४२ मध्ये ४१ सदस्यको अनौपचारिक बैठकले पनि छिटो कार्यपालिका बैठक बोलाउन मेयर साहलाई दबाब दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update