नेभिगेशन
समाचार

कांग्रेसको प्रशिक्षणमा देउवाले गरे ओलीको प्रशंसा

कांग्रेसको प्रशिक्षणमा देउवाले गरे ओलीको प्रशंसा

कास्कीको पोखरामा आजदेखि सुरु भएको जिल्ला पार्टी सभापति र जिल्ला प्रशिक्षण प्रमुखहरूको लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओलीको प्रशंसा गरेका हुन्। 

उनले दुई ठूला प्रतिस्पर्धी पार्टी एक भएर राजनीतिक स्थिरता दिने प्रयास गरेको पनि दाबी गरे। राजनीतिक स्थिरता कायम गर्नका लागि नेकपा एमालेसँग मिलेर सरकार बनाएका छौँ। स्थायीत्व स्पष्ट छ।  पहिलेदेखि नै दुई वटा पार्टी लोकतन्त्र स्थापनाका लागि लडेको हुन्,' उनले भने, 'हामी लडेका हौँ। जेल पनि सँगै बसेका हौँ ‌ओलीजीसँग। उहाँ झापा कान्डमा पनि लामो समय जेल बस्नु भयो। देशका लागि उहाँले पनि धेरै दुख गर्नु भएको छ।'देउवाले देशमा जुन विकास हुनुपर्ने हो त्यो गतिमा नभएकोले अझै गर्न बाँकी रहेको बताए। 

 

'केही समस्या आउन सक्छन्। यसलाई समाधान गर्दै जानुपर्ने हुन्छ। स्थिरता भयो भने नेपालको विकास अझै धेरै हुन्छ भन्ने विश्वास छ। जुन विकास हुनुपर्ने हो भएको छैन,' उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update