नेभिगेशन
समाचार

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरू भए पनि नसकिएकाले ‘हेर्दाहेर्दैमा’ राखिएको थियो।

उक्त रिट लामिछानेकी श्रीमती निकिता पौडेलले गत वैशाख ७ गते दायर गरेकी थिइन्। उनले लामिछानेलाई अवैध रूपमा थुनिएको दाबी गर्दै रिहाइको माग गरेकी हुन्।

यसअघि पटक–पटक 'हेर्न नमिल्ने' भन्दै स्थगित हुँदै आएको उक्त रिट मंगलबार पहिलोपटक substantive रूपमा सुनुवाइमा प्रवेश गरेको हो।

सुनुवाइका क्रममा दुवै पक्षका कानुन व्यवसायीले आ-आफ्ना तर्क प्रस्तुत गरेका थिए। लामिछाने पक्षले उनलाई कानुनी प्रक्रिया विना नियन्त्रणमा लिइएको जिकिर गरे भने सरकार पक्षले अनुसन्धानको क्रममा कानुनसम्मत प्रक्रिया अपनाइएको दाबी गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update