नेभिगेशन
समाचार

कोशी प्रदेशका चार सांसद सवार गाडी मोरङमा दुर्घटना

कोशी प्रदेशका चार जना सांसद सवार गाडी मोरङमा दुर्घटनामा परेको छ। सोमबार दिउँसो करिब २ बजे मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्ग खण्डमा दुई सवारी साधन एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको बीएई १४०६ नम्बरको कार आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सांसदहरू सवार गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने केही सांसद सामान्य रूपमा घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update