नेभिगेशन
समाचार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि 'हेर्न नमिल्ने', न्यायाधीश र वकिल नातेदार परेपछि सुनवाइ स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ हुन सकेन ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डे रहेको संयुक्त इजलासमा पेश भएको रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो ।

यो रिट यसअघि पनि पाँच पटकसम्म ‘हेर्न नमिल्ने’ सूचीमै परेको थियो । एक महिनाअघि दायर भएको रिटमा हालसम्म एकपटक मात्रै सुनवाइ भएको छ ।

अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्न नियुक्त वकिल र न्यायाधीशबीच नातेदारको सम्बन्ध देखिएकाले निष्पक्षताको आधारमा न्यायाधीशहरूले सुनवाइ नगर्ने निर्णय लिएका हुन् ।

यसले लामिछाने पक्षको रिटको सुनवाइमा निरन्तर ढिलाइ भइरहेको देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update