नेभिगेशन
समाचार

राप्रपा सांसद शाहीको आरोपः विद्युतको खम्बामा काम गर्ने मजदुरको मृत्यु राज्यले गरेको हत्या

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक एवं सांसद ज्ञानबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण धुलिखेलमा एक मजदुरको ज्यान गएको भन्दै कडा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले उक्त घटना कुनै सामान्य दुर्घटना नभई ‘हत्या’ भएको दाबी गरे।

शाहीका अनुसार काभ्रेपलाञ्चोक वितरण केन्द्रअन्तर्गत धुलिखेल नगरपालिका–७, जिल्ला प्रशासन कार्यालयअगाडिको विद्युत खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारीबथाका २८ वर्षीय उपेश परियारको करेन्ट लागेर ज्यान गएको हो।

“मजदुरको मृत्यु ज्यानमार्ने उद्योग हो,” शाहीले सदनमा भने, “यो लापरवाही मात्र होइन, यो हत्या हो। दोषीमाथि ज्यानमार्ने उद्योगमा मुद्दा चलाइनुपर्छ।”

सांसद शाहीले घटनाको छानबिन गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराए। साथै, उनले फरक विचार राखेकै आधारमा सर्वसाधारणलाई धरपकडमा पारिएको भन्दै सरकारको आलोचना गरे।

“संविधानले फरक विचार राख्न पाउने अधिकार दिएको छ,” उनले भने, “तर अहिलेको सरकार संविधानभन्दा ठुलो बन्न खोज्दैछ।”

शाहीले घटनामा संलग्नलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update